ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

माघ २५, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।

बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिबन्ध वित्तीय तथा भिसासँग सम्बन्धित छ। अमेरिकी, उसका सहयोगी तथा परिवारमाथि छानबिन गर्नेलाई प्रतिबन्ध लगाइएको हो।

गत नोभेम्बरमा इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई गाजा युद्धका कारण वारेन्ट पत्र जारी गरेका कारण यो प्रतिबन्ध लगाइएको हो। ट्रम्पले आइसिसीमाथि प्रतिबन्ध लगाएको यो नै पहिलो पटक भने होइन। यस अघि उनले अफगानिस्तानसँगको विषयलाई लिएर प्रतिबन्धको निर्णय गरेका थिए।

सन् २०२० को जुनमा ट्रम्पले आइसिसीका वरिष्ठ अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेका थिए। उनले अफगानिस्तानमा भएको युद्ध अपराधमा संलग्न रहेको भन्दै अमेरिकी अधिकारीमाथि छानबिन भएपछि यसमा सरिक आइसिसी अधिकारी नै प्रतिबन्धको घोषणा गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ