धादिङबेसीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु, पूर्वाधारमन्त्री मास्केद्धारा शिलान्यास

माघ २७, २०८१

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु गरिएको छ । २०७२ सालको भुकम्पको असरले अहिले भइरहेको मदन आश्रित स्मृति भवनको तला थप्न नमिल्ने भएपछि नयाँ भवन बनाउन सुरु गरेको हो ।

भवनको आइतबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले आइतबार एक समारोहकाबीच शिलान्यास गरेका छन् ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्केले धादिङ जिल्लाको विकास र समृद्धिको लागि आफु र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए । नेकपा एमालेमा युवा नेताका रुपले परिचित मास्केले धादिङको जनप्रतिनिधिहरुको तर्फबाट आफैले नेतृत्व लिए सरह हुनेगरी जिल्लाको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘यो पटक धादिङमा नेकपा एमालेको तर्फबाट विजयी थोरै मात्रै जनप्रतिनिधि हुनुहुन्छ । धेरैको माग पुरा गर्न सकिरहेको अवस्था छैन त्यसैले धादिङका सम्पूर्ण काममा म आफै जिम्मेवारी लिएर काम गर्नेछु’, मास्केले भने–‘मन्त्रालय र आफ्नो तर्फबाट प्रदेशका सबै जिल्लाहरुमा आम जनताले देखिने गरी काम गरिरहेका छौं । २०८४ साल एमालेका लागि शुभ हुनेछ ।’

नयाँ भवनको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय नुवाकोटमार्फत ठेक्का आव्हान गरी एक करोड २५ लाखमा निर्माण थालिएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए । नुवाकोटको गढी चुली निर्माण सेवा कम्पनीले आगामी असार मसान्तभित्र सक्नेगरी भवन निर्माणको जिम्मेवारी पाएको छ ।

नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाका अनुसार अहिले निर्माण सुरु गरेको भवन तीन तलाको हुने र सुविधासम्पन्न सभाहल समेत रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ