सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका पालिकाहरुमा सार्वजनिक बिदा

फाल्गुन १, २०८१

काठमाण्डौ – सर्वोच्च अदालतको आदेशविपरीत माओवादी केन्द्रले जितेका धेरै पालिकाहरुले आज ‘जनयुद्ध दिवस’ का नाममा सार्वजनिक बिदा दिएका छन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि पोहोरदेखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो ।

गएको वर्ष पुसमा सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि पोहोर फागुन १ मा सङ्घ सरकारले बिदा कटौती गरेको थियो । तर केही पालिकाले ‘जनयुद्ध दिवस’को बिदा दिएका थिए । यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा बिदा घोषणा दिइएको छ ।

कांग्रेसले जितेका केही पालिकामा पनि माओवादीको बहुमत भएकाले बिदा घोषणा भएको छ । धादिङको गजुरी गाउँपालिकामा भने जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने कि नदिने भन्ने विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद देखिएको छ ।

माओवादीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने सूचना निकाल्नुभएको छ । लगत्तै कांग्रेसबाट उपाध्यक्ष निर्वाचित शर्मिला बिसुरालले सार्वजनिक बिदा नभएको सूचना प्रकाशित गरेका छन् ।

यसैबीच सर्वोच्चले जनयुद्ध दिवसका नाममा बिदा नदिन अर्को आदेश दिएको छ । गएको माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का लागि भनेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीय चन्द्रशेखर केसीले माघ २९ मा सर्वोच्चमा रिट दायर गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

सोमबार विवाह गर्दै पूर्वमिस नेपाल अस्मी श्रेष्ठ

साहित्य महोत्सवले पर्यटन प्रवर्द्वनमा पनि टेवा पुगेको विश्वास

खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने काठमाण्डौ महानगरपालिकाको तयारी

चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा

आज दिउँसो नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल