सुर्तीजन्य पदार्थको प्याकेटमा अब कस्तो चित्र र सन्देश छापिन्छ ?

फाल्गुन ३, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै नयाँ व्यवस्था लागु हुने भएको हो ।

यसअघि, सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने व्यवस्था थियो । तर, अब ०८२ भदौ १ गतेदेखि शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्नेछ ।
क्यान्सरको उपचारमात्र नभई रोकथामका उपायको खोजी गर्न चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

शतप्रतिशत चेतावनीसहित छापिनुपर्ने निर्देशिकाले सुर्ती–चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने मन्त्रालयको अपेक्षा छ । 

अब कस्तो चित्र र सन्देश छापिन्छ ?
निर्देशिका अनुसार, घातक रंगीन चित्र तथा सन्देशमूलक चेतावनीहरू चुरोट, बिँडी , खैनी, सुर्ती र गुट्खामा छाप्नुपर्नेछ । यो व्यवस्था तिनका बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल र प्याकेजिङमा लागु हुनेछ ।

नयाँ निर्देशिकामा चुरोटको बट्टा, र्‍यापर्स, प्याकेटमा मुख्य अर्थात् अगाडिको भागमा घाँटीको क्यान्सर झल्काउने चित्र थप गरिएको छ । जसमा ८० प्रतिशत चित्र र बाँकी २० प्रतिशत भागमा ‘धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले घाँटीको क्यान्सर हुन्छ’ लेखिएको हुनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ