पूर्वराजालाई वामदेवको सुझाव- राजा बन्ने चाहना परित्याग गर्नुहोस्

फाल्गुन ११, २०८१

काठमाडौं- राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गरेर प्रधानमन्त्री बन्न सुझाएका छन् ।

ज्ञानेन्द्रलाई फेरि राजा बन्ने चाहना परित्याग गर्न पनि सुझाव दिएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले पूर्वराजा शाहलाई दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउन पनि सुझाव दिए ।
‘तपाईंले फेरि राजा बन्ने चाहना त्यागी आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक दल खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्’, उनले भने, ‘२०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसद्‍बाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि गरिदिनुस् ।’

पूर्वराजाले फागुन ७ को शुभकामना दिने क्रममा अब विकल्पको समय आएको बताएका थिए । उनले दलहरूले पूर्वसहमति सम्झिएर देशलाई निकास दिन आफूलाई अघि सार्नुपर्ने धारणा राखेका थिए । त्यसलाई लिएर आइतबार संसद्का दुवै बैठकमा कडा टिप्पणी भइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ