साहित्यले समाजलाई सही दिशा तर्फ डोर्‍याउछ: कृषिमन्त्री अधिकारी

फाल्गुन १६, २०८१

धादिङ- समाजलाई सही दिशा तर्फ डोर्‍याउन साहित्यको भुमिका महत्वपुर्ण रहने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।

धादिङबेसीमा आयोजित बागमती साहित्य महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले साहित्य समाजको चनाखो आँखा रहेको पनि उल्लेख गरे । ‘साहित्य समाजको आँखा हो । साहित्यले जीवन र जगतलाई विवेक दिन्छ’, मन्त्री अधिकारीले भने-‘साहित्य नै जीवनको कलात्कम अभिव्यक्ति हो । समाजलाई सही दिशा तर्फ डोर्‍याउने दृष्टिकोण दिन्छ ।’

समाजमा देखापर्ने घटनाहरुलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य रहेकोले सभ्य समाज निर्माणमा साहित्यको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

‘साहित्य समाजको दर्पण हो । साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानस समक्ष पुर्‍याउने काम गर्छ। साहित्यले समाजलाई खबरदारी गराउँछ। अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ’, मन्त्री अधिकारीले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ