स्थानीयको विरोधपछि रोकियो नागढुंगा सुरुङमार्गको काम

फाल्गुन १९, २०८१

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ ।

गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो । सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् । उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।

‘स्थानीयको विरोधपछि सोमबार बिहानैबाट काम रोकिएको छ । स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेका छन्,’ नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले भने, ‘यता ठेकेदार पक्ष जापानीज कम्पनी भने उक्त कुरा स्वीकार गरिरहेको छैन । हामीले विभागमा पनि जानकारी गराएका छौं तर काम अगाडि बढ्न सकेको छैन ।’

उनले विभागको तर्फबाट स्थानीयलाई छलफलमा बोलाए पनि विभागमा आउन मानेका छैनन् । बरु, उनीहरूले उल्टै घरमै आउन विभागका कर्मचारीलाई भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ