स्वावियु निर्वाचन: त्रिभुवन विश्वविद्यालय क्याम्पसमा सुरु भयो मतदान

चैत्र १८, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बिहान ८ बजेपछि मतदान सुरु भएको जानकारी दिए।

यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।
उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो ।

यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

इल्क्ट्रोनिक मतदान भइरहेको त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ