पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै राप्रपा धादिङद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चैत्र १९, २०८१

धादिङ । चैत १५ गते काठमाडौंको तीनकुने घटनालाई लिएर पक्राउ परेकाहरुको रिहाईको माग गर्दै राप्रपा धादिङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवल समसेर राणासहित पक्राउ परेका नेता कार्यकर्ताहरुलाई छिटो रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको हो ।

तीनकुनेमा भएको घटनामा अवान्छित र अपरिचित व्यक्तिहरुले अर्काको घरको छतबाट ढुंगा, अस्रुग्याँस र गोली चलाउँदा परिस्थिती भयावह हुन पुगेको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

तीनकुने घटनामा राजावादीहरुले अराजकता देखाएको र घटनाको सम्पूर्ण जिम्मेवारी राजावादीहरुले लिनुपर्ने चौतर्फी आलोचना भइरहँदा राप्रपा धादिङले भने उल्टै सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै दुः व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ