प्रभावकारी बन्दै धादिङ अस्पतालमा डायलासिस सेवा !

चैत्र १९, २०८१

धादिङ-धादिङ अस्पतालको हेमो डायलासिस सेवा पछिल्लो समय प्रभावकारी बनेको छ ।

काठमाण्डौ गएर महँगो शुल्क तिरेर डायलासिस गर्नुपर्ने बाध्यता हटेसंगै सेवाग्राहीहरु खुसी भएका छन् । किड्नीका बिरामीहरूका लागि ठूलो राहत पुगेको सेवाग्राहीहरुले प्रशंसा गरेका छन् ।

धादिङ अस्पतालले तीन सिफ्टमा हेमो डायलासिस सेवा सञ्चालन गर्दै बागमती प्रदेशमा यो सेवा सबैभन्दा बढी प्रभावकारी बनाएको छ। अस्पतालको श्रोतसाधनबाट यस्तो सेवा प्रदान गरिने भएकाले यसले एक सय बेडको अस्पतालमा धेरै बिरामीलाई नियमित डायलासिस सेवा उपलब्ध गराएको छ।

वर्तमानमा २२ जना बिरामी नियमित डायलासिस सेवा लिइरहेका छन् भने २२ जना अझै प्रतिक्षामा छन्। यस सेवाले जिल्लाभित्रको बिरामीलाई महँगो उपचारबाट बचाएको मात्र होइन, स्वास्थ्य सेवा पनि सबैका लागि पहुँचमा पुर्‍याएको छ।

तालिमप्राप्त जनशक्तिको अभाव र डायलासिस मेसिनको कमीका बाबजुत, अस्पतालले ६ बजे बिहानदेखि राति १० बजेसम्म तीव्र सेवा प्रदान गर्दै आएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षमा राधिका सापकोटाले बताइन् ।

दैनिक छ सय भन्दा बढी बिरामी आपतकालीन सेवामा आवद्ध छन्। अस्पतालले अन्य सेवाहरू जस्तै सुत्केरी सेवा र विशेषज्ञ उपचार पनि चलाउँदै आएको छ।

अस्पतालले पाठेघर खस्ने समस्याको निशुल्क सल्यक्रिया शिविर पनि सञ्चालन गरेको छ, जसले महिलाहरूलाई ठूलो राहत पुर्‍याएको छ। काठमाण्डौमा ६० हजारदेखि ८० हजारसम्म खर्च पर्ने यो सल्यक्रिया सेवा धादिङ अस्पतालमा निशुल्क उपलब्ध गराइएको हो। यसले बिरामीलाई ठूलो आर्थिक बचत गर्न मद्दत गरेको छ।

साथै, अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरूको उपचार सेवा पनि सञ्चालन गरिरहेको छ, जसबाट बिरामीहरूले भरपूर फाइदा लिइरहेका छन्।

अपेन्डेक्टोमी, हर्निया रिपेयर, हाइड्रोसील अपेरेशन, सिजेरियन अपेरेशन र हाडजोर्नी शल्यक्रियाहरू भैराखेको छ। यसरी, धादिङ अस्पतालले आफ्नो सेवामा सुधार गर्दै स्वास्थ्य सुविधामा पहुँच र गुणस्तरलाई बढाउँदै गइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ