सोमबार विवाह गर्दै पूर्वमिस नेपाल अस्मी श्रेष्ठ

बैशाख ५, २०८२

काठमाडौं– पूर्वमिस नेपाल तथा मोडल अस्मी श्रेष्ठले प्रेमीसँग आउँदो सोमबार विवाह गर्ने भएकी छन् । इन्स्टाग्रामबाट यसबारे जानकारी दिँदै उनले अप्रिल २१ (बैशाख ८ गते) विवाह गर्न लागेको जनाएकी छन् ।

अस्मी र उनका प्रेमी सशांकलाल श्रेष्ठबीच २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट भएको थियो । इन्स्टामा दुईजनाको रोमान्टिक फोटो सेयर गर्दै अस्मी लेख्छिन्, ‘ हाम्रो परिवारको आशीर्वाद र मायाले भरिएको हृदयले, हामी विवाह बन्धनमा बाँधिँदैछौं ।’

अस्मीलाई कलाकार, मोडल र खेल क्षेत्रका सेलिब्रेटीले वैवाहिक जीवन सुरुवात गर्न लागेकोप्रति बधाइ दिइरहेका छन् । इन्गेजमेन्ट गर्दा न्यूयोर्कको समुन्द्री किनारको आकर्षक लोकेसन सेयर गरेका अस्मी र उनका प्रेमीले यसपटक भने नेपालको पहिचान झल्कने वास्तुकला परिसरको तस्वीरमा फोटो खिचेका छन् ।

कामको कुरा गर्दा, अस्मी होस्ट र जजको रुपमा देखिन लागेको टेलिभिजन कार्यक्रम ‘नेपाल्स नेक्स्ट टप मोडल’ हिमालय टिभीबाट प्रसारणको तयारीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

साहित्य महोत्सवले पर्यटन प्रवर्द्वनमा पनि टेवा पुगेको विश्वास

खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने काठमाण्डौ महानगरपालिकाको तयारी

चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा

आज दिउँसो नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल

कक्षा १२ को परीक्षा आउँदो वैशाख ११ गतेदेखि