राजावादीमाथि थापाको कटाक्ष: वियर चोरेर व्यवस्था परिवर्तन हुँदैन

बैशाख २२, २०८२

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुलाई सपनाबाट ब्यूँझिन आग्रह गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बियर चोरेर व्यवस्था नबदलिने भन्दै कटाक्ष गरे ।

तीनुकने घटनापछि राजावादीहरुको असलियत उदांगो भएको बताउँदै थापाले लुटपाट गरेर व्यवस्था बदल्ने सपना नदेख्न सुझाव दिए । उक्त घटनामा संलग्नलाई कडा कारवाही गर्न उनले मागसमेत गरेका छन् ।

‘संविधान बमोजिम यही सदनमा सपथ खाएका हामीमध्येकै केही साथीहरुलाई लोकतन्त्र र गणतन्त्र हैन, वंशाणुगत र कतिथ राजा चाहिएको छ’, सांसद थापाले भने, ‘तर तीनकुने काण्डले राजावादीहरुको असलयित स्पष्ट भइसक्यो । लुटपाट, आगजनी, डकैतीबाट व्यवस्था बद्लिदैँन, वियर चोरेर पनि व्यवस्था बद्लिदैँन ।’

प्रदर्शनको दिन कार्यकर्तालाई उक्साउने नेताहरु अहिले ‘पानीमाथिको ओभानो’ बन्न खोजिरहेको थापाको भनाई छ । ‘पार्टीका सांसदहरु, वरिष्ठ नेता, महामन्त्रीहरु आफैँ सहभागी हुने, अनि घटनाको जिम्मेपारी लिन पर्नेबेला चाहिं पानीमाथिको ओभानो हुन खोज्ने, यस्तो गर्न मिल्छ ? निद्राबाट जाग्नुस् र यर्थाथलाई आत्मसात स्वीकार गर्नुस्’, उनले थपे ।

सांसद थापाले सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसदहरुलाई सरकारको आलोचना गर्दै हिँड्नुभन्दा सुझाव दिन आग्रह गरे । कांग्रेसका कतिपय नेताहरुले सरकारप्रति आक्रोश पोखिरहेको सन्दर्भमा उनको यस्तो प्रतिक्रिया आएको हो ।

‘विद्युत प्राधिकरणबाट कुलमानलाई हटाउने प्रस्ताव त उर्जामन्त्रीकै हो नि, उहाँ कांग्रेसकै होइन र ?’, थापाले सोधे, ‘मन्त्री र राज्यमन्त्रीलाई हटाउने कुरा प्रधानमन्त्रीको स्वेच्छाकारी विषय होइन, गठबन्धनमा भइसकेपछि नेतृत्वसँग बुझेरमात्र बोल्न आग्रह गर्छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ