हलिउड फिल्मको छायांकन पाटनबाट सुरु, बौद्धमा देखिए विलियम डफोई

बैशाख २३, २०८२

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन नेपालका विभिन्न थलोमा सुरु भएको छ । आइतबार यो फिल्मको छायांकन पाटनमा गरिएको छ ।

राजधानीका विभिन्न थलोमा केही दिनदेखि छायांकन भैरहेको जानकारी स्रोतले दियो । लगत्तै, सिन्धुपाल्चोक र सोलुको खुम्जुङमा छायांकन तयारी छ । प्राप्त तस्वीरमा हलिउड स्टार विलियम डफोई बौद्ध स्तुपमा एक नेपाली फ्यानसँग देखिएका छन् ।

जोमसोम र बन्दीपुरमा पनि छायांकन तयारी छ । साढे २ महिनापछि गतसाता संचार तथा सूचना प्रविधि मन्त्रालयले यो फिल्मलाई छायांकन अनुमति दिएको छ । मन्त्रालयबाट ‘टासी’ नाममा छायांकन अनुमति लिएपनि अन्तर्राष्ट्रिय संचारमाध्यमले यो फिल्मको छायांकन ‘तेन्जिङ’ लेखेका छन् ।

अभिनेता डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको छ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

झण्डै १ महिनासम्म नेपालमा छायांकन हुने यो फिल्मलाई ‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले निर्देशन गरिरहेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ