मोदीले भने– भारतको पानी देशभन्दा बाहिर बग्न दिँदैनौँ

बैशाख २४, २०८२

काठमाडौं । भारतले अन्तर्राष्ट्रिय सीमाभन्दा बाहिर आफ्नो देशका नदीको पानी बग्न रोक्ने घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारतको पानी भारतकै फाइदाका लागि बग्ने बताएका छन् ।

“अब, भारतको पानी भारतको फाइदाका लागि बग्नेछ, यसलाई भारतको हितमा संरक्षण गरिनेछ र भारतको प्रगतिका लागि प्रयोग हुनेछ,” मोदीले भनेका छन् ।

मोदीले सिन्धुको पानीलाई कसरी प्रयोग गर्ने भन्ने विस्तृत योजना सार्वजनिक गरेका छैनन् । विज्ञहरूले भारतले यसलाई सञ्चित गर्न थप बाँध, जलाशय र ताल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । तर, यो काम लामो समय लाग्ने बताइएको छ ।

मोदीले पाकिस्तानको नाम उल्लेख नगरे पनि यो टिप्पणी भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो पानी साझेदारी सन्धि निलम्बन गरेको दुई हप्तापछि आएको हो ।

गत महिना भारतको कश्मीरमा पर्यटकमाथि भएको आतंककारी हमलापछि भारत–पाकिस्तान सम्बन्ध तीव्ररूपमा बिग्रिएको छ । भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । भारतीय आरोपलाई पाकिस्तानले पूर्णरूपमा खण्डन गरेको छ ।

भारतबाट पाकिस्तानतर्फ धेरै नदी बग्छन्, जसले पाकिस्तानका लगभग ८० प्रतिशत कृषि क्षेत्रलाई सिँचाइ सुविधा प्रदान गर्छ ।

सन् १९६० को सिन्धु पानी सम्झौताले भारत र पाकिस्तानबीच सिन्धु उपत्यकाका ६ नदीको पानी बाँडफाँट नियमन गर्छ ।

कश्मीरमा पर्यटकमाथि भएको हमलापछि भारतले सन्धि निलम्बन गरेको थियो । यस हमलामा २६ नागरिकको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना

एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

भारत अमेरिकी सामानमा भन्सार कर नलाउन इच्छुक छ : डोनाल्ड ट्रम्प

भारत-पाकिस्तानबीच आज वार्ता हुँदै

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध