राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुग्दासम्म नरोकिने : अध्यक्ष लिङ्देन

बैशाख २५, २०८२

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन अन्तिम निष्कर्षमा नपुग्दासम्म नरोकिने घोषणा गरेका छन्।

बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको छ ।

उक्त घोषणालगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौं ।’

उनले यो आन्दोलन कुनै पार्टी वा समूहको स्वार्थ पूरा गर्न नभई देशको भविष्य बनाउने उद्देश्यले सुरु गरिएको स्पष्ट पारे। ‘यो आन्दोलन कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्न होइन, देशको भविष्य निर्माणका लागि हो,’ लिङ्देनले जोड दिए।

अध्यक्ष लिङ्देनले गणतन्त्र पक्षधरहरूलाई समेत आफ्नो आन्दोलनमा सहभागी हुन आग्रह गर्दै भने, ‘०६२/०६३ को परिवर्तनलाई परिवर्तन मानेका, अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका सबैलाई पनि हामी हाम्रो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्छौं।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ