बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध

बैशाख २८, २०८२

बङ्गलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।

अन्तरिम सरकारले हिजो बोलाएको सल्लाहकार परिषद्को विशेष बैठकमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

यस्तै बैठकले अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनमा संशोधन पनि अनुमोदन गरेको छ । संशोधन अनुसार अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले कुनै पनि राजनीतिक दल, उसका सहयोगी वा समर्थक समूहहरूलाई सजाय दिन सक्नेछ । यो निर्णय बङ्गलादेश अवामी लिग र उसका नेताहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐन अन्तर्गत मुद्दा पूरा नभएसम्म लागू रहने खबरमा उल्लेख छ ।

बङ्गलादेशमा पछिल्ला केही दिनदेखि विरोध प्रदर्शनहरू भइरहेका थिए । राष्ट्रिय नागरिक पार्टी (एनसीपी) लगायत धेरै दल र सङ्गठनहरूले विगत दुई दिनदेखि अवामी लिगलाई ‘आतङ्कवादी सङ्गठन’ का रूपमा प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

गएको वर्षको अगस्ट महिनामा भएको आन्दोलनका कारण बङ्गलादेशमा अवामी लिगको १५ वर्ष पुरानो शासन समाप्त भएको थियो । यसपछि धेरै राजनीतिक दलहरूले अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गरिरहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ