
काठमाण्डौ – बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनाको जीतमा खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमालले र इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले गोल गरे ।
अङ्क तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ८५ अङ्क भएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलमा ७८ अङ्क हुँदा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७० अङ्क रहेको छ ।
बार्सिलोनाले यो सिजनमा कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि जितिसकेको छ ।