एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

जेष्ठ ९, २०८२

धादिङ । नेकपा (एकिकृत समाजवादी) ले शुक्रबार धादिङका स्थानिय तहहरुमा स्मरण पत्र बुझाएको छ ।

“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ समाजवादी देशव्यापी आन्दोनमा जुटेको छ । आन्दोलनकै कार्यक्रम अन्तरग एकिकृत समाजवादीले गत बैशाख २३ सबै सबै स्थानिय तहहरुमा आफ्ना माग पत्र पेस गरेको थियो ।

नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सवाल र मुद्दाहरुलाई समेटेर एकिकृत समाजवादीले प्रधानमन्त्री देखि वडा अध्यक्षसम्म ध्यानाकर्षण गराईसकेको छ । सोही ध्यानाकर्षण पत्रमा समेटिएका प्रमुख मागहरु पूरा गर्नेगरी पालिकाहरुले आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा संवेदनशील बनाउन एकपटक पुनः स्मरण गराउने उदेश्यले शुक्रबार धादिङका २ नगरपालिका र ८ वटा गाउँपालिकाहरुमा स्मरण पत्र बुझाईएको एकिकृत समावजवादीका केन्द्रीय सदस्य सुवास खतिवडाले बताए ।

“हाम्रा कतिपय मागहरु संघिय सरकारले गम्भीरताका साथ ग्रहण गर्नुपर्ने र नागरिक प्रति पूर्ण जवाफदेही बनेर पूरा गर्ने प्रकृतिका छन्, यद्यपी स्थानिय सरकार नागरिकको घरआँगनको सरकार भएकाले स्थानिय सवालहरु स्थानिय रुपमै सम्बोधन गर्न र बजेट जनमुखी बनाउन एक प्रकारले दवाव सिर्जना गर्ने उदेश्यले स्मरण पत्र बुझाईको” खतिवडाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ