हेटौँडा । प्रहरीले मकवानपुरको रातोमाटे चेकप्वाइन्टमा ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाइन्टमा मकवानपुरको मनहरीबाट बाराको जीतपुर सिमरा जाँदै गरेको बा२१च ३०८५ नम्बरको योद्धा पिकअप गाडीमा गाँजा फेला परेको हो ।
धादिङको गल्छी गाउँपालिका– ८ का ३१ वर्षीय राम बहादुर तामाङ सवार गाडी चेकजाँचक्रममा लुकाइछिपाई ल्याइएको ११ पोका गाँजा बरामद भएको हो । पोकामा रहेको गाँजाको परिमाण १ सय २५ किलो रहेको पाइएको छ । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।