प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

भदौ १, २०८२

अभिनेत्री स्वस्तिमा खड्का र गायक प्रकाश सपुतबीच पानी बारबारको अवस्था सिर्जना भएको चर्चा पछिल्लो समय व्यापक छ । चार महिनाअघि ‘वसन्त’ प्रदर्शन हुँदा दुई जनाबीच खटपट भएको हल्लाले अहिले आएर चलचित्रवृत्त गर्माएको हो ।

तर, के साँच्चै स्वस्तिम र प्रकाशबीच झगडा परेकै हो त ? जिज्ञासा पैदा भैरहँदा उक्त हल्लालाई परास्त पार्नेगरी दुई जनाले जुठो खाएका छन् । हालै सार्वजनिक एक भिडिओमा प्रकाश र स्वस्तिमाले एउटै गिलासको पानी खाएर सम्बन्धमा कुनै समस्या नरहेको सन्देश दिएको देखिन्छ ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’को प्रचारात्मक उक्त भिडिओमा प्रकाशले भोलि (सोमबार) सार्वजनिक हुने गीत सुन्दिन/हेर्दिन आग्रह गरेका छन् भने स्वस्तिमाले चलचित्रको प्रदर्शन मितिबारे जानकारी गराएकी छन् । सो क्रममा प्रकाशले पिइरहेको पानी स्वस्तिमाले पिउँछिन्, र पुनः प्रकाशले पिएको देखिन्छ ।

‘हरिबहादुरको जुत्ता’मा वरिष्ठ कलाकार हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, किरण केसी, राजाराम पौडेल लगायतको अभिनय रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सोमबार विवाह गर्दै पूर्वमिस नेपाल अस्मी श्रेष्ठ

साहित्य महोत्सवले पर्यटन प्रवर्द्वनमा पनि टेवा पुगेको विश्वास

खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने काठमाण्डौ महानगरपालिकाको तयारी

चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा पूरा

आज दिउँसो नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल

कक्षा १२ को परीक्षा आउँदो वैशाख ११ गतेदेखि