धादिङ परिचय

कार्तिक १९, २०७१

37758183

भौगोलिक अवस्था

विश्व मानचित्रमा २७ डिग्री ४० मिनेटदेखि २८ डिग्री १७ मिनेट  उत्तरी अक्षांश र ८४ डिग्री ३५ मिनेटदेखि ८० डिग्री १७ मिनेट पूर्वी  देशान्तरसम्म फैलिएको धादिङ जिल्ला समुन्द्री सतहबाट ३०० मिटर (जोगीमारा) देखि ७११० मिटर (पाविल हिमाल) सम्मको उचाईमा अवस्थित छ । पूर्वमा नुवाकोट, रसुवा र काठमान्डौ, पश्चिममा गोरखा, उत्तरमा रसुवा तथा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाहरू रहेको यस जिल्ला उत्तरमा हिमालय पर्वत श्रृङखलादेखि दक्षिणमा महाभारत पहाड श्रृङखला सम्म फैलिएको छ । उत्तरबाट दक्षिणतर्फ फुक्दै गएको यस जिल्लामा लेक, बेसी, नदीनाला, टार र ठूला ठूला फाँटहरू रहेका छन् । यो जिल्लाको क्षेत्रफल १,९२४.९ बर्ग कि.मि.रहेको छ ।

नदीनाला
जिल्लाको करिव मध्यभागबाट बग्ने नेत्रावती (आँखु) नदी देखि पश्चिममा गोरखाको सीमा हुँदै बग्ने वुढिगण्डकी प्रसिद्घ त्रिशुली नदी यसै जिल्लामा रहेका छन् । यी बाहेक धादिङ जिल्ला सदरमुकाम हुँदै बग्ने मिन्दुकेशर (थोपल) खोला,भालेटाइ, दुरूगुनी, अखिल, डुङखुल, माटा, गन्धावनी, घटिया, लिस्ने, हाङगाङ, गरूली, औल, किन्ताङ, बगुवा, आफल, ताँदी, कोल्पु, डुन्डुरे, मनु, लपाङ, कास्टे, पिन, अवदि, धाले, पलेखु, ह्यापिङ, खानी, टुनो, आँसी, महत, छोरीनदी, हाँडी, ग्याल्मा, धौ, सामरी, च्याँडु गल्डु, सुकौरा, वेल्खु, महेश, आग्रा, चिरौदी, थाप्ले, मलेखु, दरीयांल, कोशी, जुङ्गे आदि १७४० जति खोला, खोल्साहरू रहेकोमा त्रिशुली , बूढी गण्डकी  र नेत्रावती जिल्लाका मुख्य नदीहरू हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन