भूकम्पको ६ महिना बित्यो, पीडितको अवस्था उस्तै

कार्तिक १२, २०७२

???????????????????????????????
१२ कात्तिक, धादिङ – वैशाख १२ गते शक्तिशाली भूकम्प गएको बिहीबार ठ्याक्कै ६ महिना पुरा भएकोे छ । कतिपय पीडित अझै पनि चौरमा पाल टाँगेर बसिरहेका छन् । धेरैको बास अस्थायी टहराभित्र छ । वर्षायाम त्रासमै बिताएका भूकम्प पीडितलाई अब कठ्याङ्ग्रिने जाडोले पनि छोड्नेवाला छैन । संघसंस्थाले दिएको राहत सकिदै गएपछि नीलकण्ठ नगरपालिका धादिङकी धनमाया श्रेष्ठको बाँच्ने आशा टुट्दै गएको छ । उहाँले भन्नुभयो ‘अहिलेसम्म त जेनतेन खाइएको थियो । तर अब त राहत पनि सकियो । अन्न जुटाउने उपाय पनि छैन । कसरी बाँचिएला र खै रु’ वैशाख जेठको चर्को घाम, असार साउनको दर्के झरी र भदौको उर्लदो भेल पाल र टहरामै कटाएका श्रेष्ठ जस्ता हजारौं भूकम्प पीडितको दुृःख भनिसाध्ये छैन ।

भूकम्प पीडितको दुःख सुन्ने, बुझ्ने कोही नभएपछि उनीहरु भगावानको शरणमा पर्न थालेका छन् । भक्तपुरका रामकृष्ण प्रजापति भन्नुहुन्छ ‘के हुनु मन पोलेको छ । अब त भगवानकै भरोसा छ । कतैबाट सहयोग जुट्ला जस्तो छैन । ६ महिना भैसक्यो व्यवस्थित बसोबास र खानपानको व्यवस्था अझै हुन सकेको छैन । हामी त समस्यै समस्यामा छौं ।’ घर पूर्ण रुपमा क्षति भएको भूकम्प पीडितका लागि सरकारले १५ हजार रुपैयाँ बाहेक थप रकम अहिलेसम्म दिएको छैन । आज देला भोलि देला भन्दा भन्दै ६ महिना कटाईसकेका भूकम्प पीडितको जिन्दगी झन् झन कष्टकर बन्दै गएको छ ।

सरकारले दिने भनेको रकम दिनेनदिने टुङ्गो छैन, काम खोज्न जाँदा काम पनि पाईंदैन, सास धान्न पनि गाह्रो भैसकेको छ । भक्तपुरका अर्का भूकम्प पीडित कृष्णभक्त प्रजापतिको भोगाई यस्तै छ । उहाँ भन्नुहुन्छ ‘सरकारले थप रकम दिने नदिने थाहा छैन । काम खोज्न गयो काम पनि पाइएन । हाम्रो त विजोग नै भयो ।’ भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दाता सम्मेलनको आयोजना गर्‍यो भने पूनःनिर्माणका लागि अधिकारसम्पन्न पुनर्निर्माण प्राधिकरण गठन पनि भयो । गएको साउन २८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। गोविन्दराज पोखरेलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत तोकेपनि पुनर्निर्माण सम्बन्धी विधेयक २०७२  व्यवस्थापिका–संसदबाट पारित नहुँदा त्यत्तिकै तुहियो ।

यसले भूकम्प पीडितसँग नजिक रहेर काम गर्ने जिल्ला दैवीप्रकोप उद्धार समितिलाई समेत काम गर्न गाह्रो बनायो । धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारी भन्नुहुन्छ, ‘निश्चित नीति बनेर नआउँदा हामीलाई काम गर्न गाह्रो हुँदै गएको छ । अब चाँडै आउला कि ।’ नयाँ प्रधानमन्त्री, राष्ट्रपछि, सभामुख छान्ने लगायतको काममा अल्झेको सरकारलाई भूकम्प पीडितको समस्याको बारेमा सोच्ने फुर्सद पनि छैन ।

भूकम्प पीडितको अवस्था भने हिजो भन्दा आज झन कष्टपूर्ण हुँदै गैरहेको छ । तर भूकम्प पीडितको समस्या चाँडै हल गर्ने प्रतिबद्धता गरेर नथाकेको सरकारले फेरि भनेको छ नयाँ सरकारले भर्खरै काम थालेकाले अब चाँडोभन्दा चाँडो यो समस्यालाई टुङ्ग्याउछौं । ‘तिथि मिति तोकेर भन्न त सकिन्न । तर सरकारले भूकम्प पीडितको आवश्यकतालाई प्राथमिकतामा राखेको छ । चाँडै नै समस्या समाधान हुनेछ’ मन्त्री उमेश यादवले भन्नुभयो । भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी प्राधिकरणको विधेयक अन्यौलमा परेको छ । नयाँ सरकार गठन भएसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका पदाधिकारीले राजीनामा दिइसकेका छन् ।

यस्तो अवस्थामा पुनःनिर्माणको कामले छिटै गति लिन्छ भनेर पीडितले पत्याएका छैनन् । ६ महिना आशै आशमा बिताएका भूकम्प पीडितलाई थप निराश हुनबाट रोक्ने काम सरकारकै हो । उज्यालो अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ