एमालेको चियापानमा समोसा र जेरी (फोटो फिचर)

अशोज ३०, २०६९


काठमाडौं, कात्तिक १४ (नागरिक)- नेकपा एमालेले पार्टी मुख्यालय बल्खुमा दशैँ, तिहार, नेपाल संवत् नयाँ वर्ष, छठ, इदका अवसरमा चियापान समारोह आयोजना गर्‍यो। चियापान कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरुसहित बुद्धिजीबी तथा सञ्चारकर्मीहरु सहभागी थिए।नागरिकन्युजका केशव थोकरले खिचेका तस्बिरहरु हेर्नुस् : एमालेका तत्कालीन पार्टी अध्यक्ष तथा विपक्षी दलका नेता मनमोहन अधिकारीले यस प्रकारको कार्यक्रमको थालनी गरेका थिए। एमाले अध्यक्ष झलनाथ खनालले सोही कार्यक्रमको निरन्तरता दिएका हुन्।

एमाले उपत्यका विशेष समन्वय कमिटीको व्यवस्थापनमा मध्याह्न १२ बजेदेखि दिउँसो ४:३० बजेसम्म चलेको कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र विजयकुमार गच्छदार सहभागी भए।

यसैगरी तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्यमन्त्री राजेन्द्र महतो, तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवम् सिँचाइमन्त्री महेन्द्र यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष तथा उद्योगमन्त्री अनिलकुमार झा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, विभिन्न पार्टीका केन्द्रीय पदाधिकारी, नेता, कार्यकर्ताहरूको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो

भारत अमेरिकी सामानमा भन्सार कर नलाउन इच्छुक छ : डोनाल्ड ट्रम्प

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने