नुवाकोट उद्योग वाणिज्य संघलाई १९ लाख ३३ हजार रुपैयाँ नाफा

पुस ३, २०७१

३ पुस, नुवाकोट -गएको फागुन १४ देखि २४ गतेसम्म सञ्चालन भएको तेश्रो नुवाकोट महोत्सवमा सबै खर्च कटाएर १९ लाख ३३ हजार रुपैयाँ नाफा भएको आयोजक नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सव सकिएको १० महिनापछि आयोजक नुवाकोट उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्वसमा ७८ लाख १८ हजार रुपैयाँको कारोबार भएको र त्यसमध्ये ५८ लाख ८४ हजार रुपैयाँ सञ्चालनमा खर्च गर्दै १९ लाख ३३ हजार रुपैयाँ संघले नाफा गर्न सफल भएको जनाएको छ ।

पहिलो नुवाकोट महोत्सव घाटामा गएको थियो भने दोश्रो नुवाकोट महोत्सवमा खर्च र आम्दानी समान भएको अबस्था तेश्रो नुवाकोट महोत्वसले बचत गरेको रकम र एक लाख १५ हजार अवलोकनकर्ताले सहभागिता जनाएकाले तेश्रो नुवाकोट महोत्वस सफल र ऐतिहासिक भएको संघका नुवकोट अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

महोत्सवमा बाल उद्यानबाट ५० लाख, टिकट विक्रिबाट ३२ लाख ३९ हजार, आर्थिक सहयोगबाट १५ लाख ४२ हजार, स्टल भाडाबाट १० लाख ४९ हजार रुपैयाँ संकलन भएको संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ