मृत घोषित चालक जीवितै भेटिएपछि…

बैशाख ४, २०७३

४ वैशाख, काठमाडौं – आफैले चलाएको ट्याक्टर दुर्घटनामा छोरो मरेको खवर पाएपछि गाईवस्तुलाई घाँसपात गर्दै आएकी रोल्पा, कोटगाउँ १ निवासी पुनी मगका हाखुट्टा थरथर भए ।

बअअष्मभलतबोली पनि फुटेन, कलिलै उमेरमा छोरो गुमाउनुपर्दाको पीडा थाम्नै सकिनन् । एक्कासि भक्कानो फुटेर आयो । अनि डाँको छोडेर रन थालिन् ।

एकाएक पुनी रोएको आवाज सुनेर छिमेकी जम्मा भए । उनीहरु तत्कालै गाडी रिजर्भ गरी आमासहित आफन्तलाई लिएर दाङको तुलसीपुरतर्फ लागे ।

राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर सल्यान सडकखण्डको राम्रीमा लु २ त २५५८ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा रोल्पाका चालक रामचन्द्र घर्ती र जङकोटका सुनिल पुनको मृत्यु भएको खवरले शोकमा डुबेका आफन्तजन बिहीबार ३ बजे तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल आइपुगे ।

शव हेर्ने वित्तिकै आफ्नै छोरा भएको भन्दै छाछी पिटीपिटी पुनी मगर रुन थालिन् । कानुनी प्रक्रिया पूरा गरी दुवैको शव प्रहरीले आफन्तलाई जिम्मा लगायो ।

उनीहरु शव लिएर दाहसंस्कारको लागि गए । शुक्रबार बिहान घर नजिकै पुग्ने क्रममा दाङबाट फोन आयो’रामचन्द्र जिउँदै अस्पताल आएका छन्’ यो सूचना आफन्तलाई सपनाजस्तो लाग्यो । उनीहरुले जलाउन लागेको शव लिएर पुन दाङ फर्किए ।

बुधबार ट्याक्टर दुर्घटनामा घाइते भएका नजिकै रहेको रम्री भन्ने गाउँमा बसेको र होस् आएपछि अस्पतालमा आएको प्रहरीलाई बयान दिएका छन् । चालक भनिएको व्यक्ति सल्यानको श्रीनगरबाट चढेको बयान दिए ।

सवारी मालिक र आमा दुबैले आफ्नो छोरो भनेपछि शव दिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ