शिरीषलाई १३ स्वर्ण

अशोज ३०, २०६९

काठमाडौ, आश्विन २३ – युवा पौडीवाज शिरीष गुरुङ सोमबार पनि उत्कृष्ट प्रदर्शन कायम राख्दै दोस्रो एनएसए कप खुला तथा पौडी प्रतियोगितामा कुल १३ स्वर्णमाथि कब्जा जमाउन सफल रहेका छन् ।

अघिल्ला दुई दिन तीन राष्ट्रिय कीर्तिमान कायम गर्दै ८ स्वर्ण जितेका उनले प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन थप पाँच स्वर्ण थपे । साथै उनले दुई नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाए ।

दोस्रो एनएसए कपमा ५ राष्ट्रिय कीर्तिमान बनाएका उनको नाममा अब ६ राष्ट्रिय कीर्तिमान रह्यो । त्यस्तै, महिलातर्फ ओलम्पियन श्रेया धितालले पनि आफ्नो राष्ट्रिय कीर्तिमानको समय सुधार गरिन् । तेस्रो दिन केन्द्रीय विद्यालयका शिरीषले खुलातर्फ ४ सय मिटर फ्रिस्टाइलको दूरी ४ मिनेट ४७:३८ सेकेन्डमा पूरा गर्दै नयाँ रेकर्ड राखे । उनले यसअघि काठमाडौंमा सम्पन्न आठौं साफ गेममा श्यामबहादुर गुरुङको नाममा रहेको ४ मिनेट ५८:२५ सेकेन्डको रेकर्ड तोडे । आर्मीका रुद्र कटुवाल दोस्रो तथा विसन क्षेत्री तेस्रो बने । प्रतियोगितामा पाँचौं तथा व्यक्तिगत छैटौं राष्ट्रिय रेकर्ड राख्ने क्रममा उनले २ सय मिटर ब्याकस्ट्रोकतर्फ पुष्पराज शाहीको पुरानो रेकर्ड भंग गरे । उनले २ मिनेट ४३:१० सेकेन्डमा दूरी पूरा गर्दै २ मिनेट ४५:५९ सेकेन्डको रेकर्डलाई पछि पारे । गोल्डेनगेटका मिराज प्रजापति दोस्रो तथा आर्मीका चित्रबहादुर पौडेल तेस्रो स्थानमा रहे । यसअघि प्रतियोगितामा शिरीषले खुला ४ सय मिटर इन्डिभिजुअल मिड्ले, २ सय मिटर बटरफ्लाइ र २ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान राखेका थिए । ‘सफलताको श्रेय मेरी आमा र मलाई सहयोग गर्ने सबैलाई दिन चाहन्छु,’ शिरीषले भने, ‘दसैं रमाइलो हुने भयो । अझ थप राम्रो गर्ने प्रेरणा जागेको छ । अब दक्षिण एसियालीस्तरमा पदक जित्ने प्रयास गर्ने छु ।’ श्रेयाले भने उमेर समूहमा आफ्नो पहिलेको कीर्तिमानी प्रदर्शनमा सुधार गरिन् । उनले महिला ५० मिटर बटरफ्लाइमा दूरी ३४:६० सेकेन्डमा पूरा गरिन् । यसअघि उनले ११ औं ग्यालेक्सी पौडीमा ३४:७५ को राष्ट्रिय रेकर्ड राखेकी थिइन् । उनले तेस्रो दिन थप दुई स्वर्ण जित्दै प्रतियोगितामा व्यक्तिगत स्वर्ण संख्या पाँच पुर्‍याएर उत्कृष्ट महिला खेलाडी पनि बनिन् । उनीसँगै ओसिना भारती र अञ्जली स्याङ्वोले पनि समान ५ स्वर्ण जितेका छन् । श्रेयाले ५० मिटर फ्रिस्टाइलको खुलामा ३२:३८ सेकेन्डमा दूरी पूरा गर्दै अर्को स्वर्ण जितिन् भने ५० मिटर बटरफ्लाइमा पनि ३४:६३ सेकेन्डमा दूरी पूरा गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन