विदेशदेखि स्वदेशसम्म सिजनका नाममा ब्रम्हलुट

अशोज ३०, २०६९

खेमनाथ पौडेल

खाडी मुलुकबाट दशै तिहारको लागि नै भनेर पालो मिलाएर छुट्टी जान लागेका नेपालीहरु विदेश बाटै दशैँको सिजनमा परेका छन् । विदेशाट स्वदेश र्फकन लागेका नेपालीहरुले महङ्गोमा टिकट खरिद गर्न बाध्य छन् । ८ सय दिह्राम्सदेखि १ हजार दिह्राम्ससम्ममा आते-जाते टिकट दिईरहेकोमा अहिले तिनै बजेट एयरलाईन्सले मनपरी टिकटको मूल्य बढाएका छन् । दुवईदेखि नेपालसम्मको एक तर्फी टिकट मात्रै २ हजार भन्दा बढी तिर्दा पनि टिकट नपाएर यात्रीहरु नेपाल आउन पाईरहेका छैनन् ।

वजेट एयरलाइन्सहरुले एक यात्रीले जम्मा २० केजीको लगेज र ७ केजीको हाते लगेज मात्र लान पाउने भनिरहँदा साथमा सामान बढी भएर एयरपोर्टमै फाल्न वाध्य भएका छन् यात्रुहरु ।

एयरलाईन्सले हाते झोला ८ केजी भन्दा बढी भएमा पनि लान दिईरहेको थिएन । बर्षौदेखि दशैँको बेलामा घरमा जान लागेका नेपालीहरु सामान एयरपोर्टमा फाल्दै थिए । उदयपुरका घनश्याम पुडासैनी हाते झोलामा बढी भएको चक्लेट, स्याम्पु फ्याक्दै डिउटी  फ्रिमानै लिनु पर्ला भन्दै फतफताउँदै थिए भने गोर्खाका केदार श्रेष्ठ आफन्तलाई सामान फिर्ता दिँदै थिए । म्याग्दीका मुक्ति पुन भने साथीहरुलाई गुहार्दै थिए, मेरो सामान अलि अलि लगिदिनु न भन्दै ।

दुवई डिउटी फ्रिमा रक्सी खरिद गर्ने नेपालीहरुको लर्को थियो । प्रत्येक नेपालीहरुको हातमा रक्सीका वोत्तलहरु देखिन्थे । जहाजभित्र वजारमा पर्ने मूल्य भन्दा १०० प्रतिशत बढी मूल्य तिर्दै नेपाली शब्दमा एयरहोस्टेजहरुलाई गाली गर्दै थिए-कति महङ्गो लिएको भन्दै । मोवाईल, ल्याप्टप, क्यामेरा अफ गर्न निर्देशन दिईरहदा पनि नेपालीहरु अटेर वन्दै एक आपसमा कुराकानी गर्दै, फोटो क्लिक क्लिक गर्दै थिए ।

विश्वकै अति व्यस्त दुवईको एयरर्पोटबाट काठमाण्डौको लागि प्लेन ग्राउण्डलाई छोड्दै गर्दा कुनै आवाज थिएन, जव प्लेन काठमाण्डौको एयरपोर्टमा ल्याण्डिङ्ग हुँदै थियो, सबै अन्धकार थियो, प्लेन ग्राउण्डमा ल्याण्ड हुँदै गर्दा पहाडको कच्ची बाटोमा मोटर कुदाएजस्तो आवाज निस्किदा नेपालको अन्तराष्ट्रिय विमानस्थलको अवस्था छर्लङ्ग हुन्थ्यो ।

अध्यागमन विभागमा डिपार्चर हुँदै गर्दा कुनै सिस्टम थिएन, मधुरो बत्तिको मुनी कर्मचारी पहेलो कागजलाई नथ्थि गर्दै आगमनको स्टिकर टाँस्दै थिए, त्यहाँ कुनै रेकर्ड थिएन । अध्यागमन विभागले प्रवासबाट फिर्ता आएका नेपालीहरुले तिरेको करले सिस्टम चेन्ज गर्न सकोस भन्ने कल्पना गर्ने नेपालीहरु जहिले जाँदा पनि त्यस्तै देख्दा निरास देखिन्थे । ‘हाम्रो नेपालको एयरपोर्ट यस्तै छ । तर जहिले आउँदा पनि यस्तै, सिस्टम कहिल्यै पनि चेन्ज भएको देख्न सकिएन’- एक आपसमा कुरा कानी गर्दै थिए नेपालीहरु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन