सरकारले आज पूर्ण बजेट ल्याउने

अशोज ३०, २०६९

काठमाडौं, कात्तिक २७ विपक्षीहरुको असहमति र विरोध जारी रहेपनि सरकारले आज पूर्ण बजेट ल्याउने तयारी गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयले बताएको छ ।

अर्थमन्त्री पुन दिउँसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुगी राष्ट्रपतिलाई बजेटका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम छ । राष्ट्रपतिलाई ब्रिफ्रिङ गरिसकेपछि आजै मन्त्रिपरिषद् बैठक बसेर आर्थिक अध्यादेश सिफारिश गर्ने तयारी भैरहेको छ ।

विपक्षी दलहरूसँग पटकपटकको सहमति प्रयास विफल भएपछि सरकारले एकलौटी रूपमा करिब ४ खर्ब ५८ अर्व रूपैयाँ बराबरको बजेट तयार पारेको छ । प्रस्तावित बजेटमा १० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याएको छ, भने रासायनिक मल किन्न ३ अर्ब छुट्याईएको छ ।

त्यस्तै लोडसेडिङ घटाउन ४ अर्ब र सडक विस्तारका लागि २ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा ३० अर्व रुपैयाँ बढी अर्थात करिब ४ खर्ब ५८ अर्ब रूपैयाँको बजेट तयार पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन