बुढीगण्डकी कम्पनी मोडलमै बन्ने, आयोजना विकास समिति भङ्ग

बैशाख १०, २०७४

budigandaki-
१० बैशाख,  धादिङ –

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी मोडलमा नै अघि बढाउने भएको छ । कम्पनी मोडलमा बनाउनका लागि आयोजना विकास समिति विघटन गरिएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद् बैठकको पछिल्लो बैठकले कम्पनी मोडलमा अघि बढाउने गरी विकास समितिको गठन आदेश खारेज गरेको हो । यससँगै औपचारिक रुपमा आयोजनाका समिति भंग भएका ऊर्जा मनत्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

बुढीगण्डकी जलविद्युत आयोजनासँगै नलसिंहगाडका आयोजना समिति पनि भङग भएको छ । नलसिंहगाडमा भ्रष्टाचार भएको भन्दै अख्तियारले आयोजनका अधिकारीलाई मुद्दा दायर गरेको र बुढीगण्डकी अघि बढाउने विषयमा पनि ब्यापक अन्योल रहेको समयमा सरकारको नयाँ निर्णय आएको हो । ‘सरकारले यी दुबै आयोजना कम्पनी मोडलमै बनाउने गरी तयारी थालेको छ । त्यसैले दुबै आयोजनाका विकास समिति भङ्ग गरेका हौं’ प्रवक्ता घिमिरेले भने ।

बढीगण्डकी धादिङ र गोरखामा निर्माण गर्न लागिएको १२ सय मेगावाटको आयोजना हो ।  त्यस्तै बूढीगण्डकीले डीपीआर तयार गरेर अहिले प्रभावित क्षेत्रमा मुआब्जा वितरण गरिरहेको छ ।

२०७४ बैशख १० गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ