धादिङका पाँच स्थानीय तहमा सुझाब संकलन पेटीका राखियो

अशोज २, २०७७


२ असोज, धादिङ–


धादिङको पाँच वटा स्थानीय तहहरुमा प्रहरीले गुनासो तथा सुझाव संकलन पेटीका राखेका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, बेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका र गल्छी गाउँपालिकामा सुझाब पेटिका राखिएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । प्रहरी कर्मचारीको कार्य सम्पादन सम्बन्धी गुनासो तथा सुझाब संकलन पेटिका संचालन तथा व्यवस्थापन योजना २०७७ अन्र्तगत राखिएको रेग्मीले बताए ।

प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले धादिङसहित प्रदेशका १० वटा जिल्लाहरुका स्थानीय तहहरुमा सुझाब पेटीका राखेको हो । पहिलो चरणमा बागमती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटीका राखिएको हो । प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका एक महानगरपालिका, एक उपमहानगरपालिका, २५ वटा नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका एउटा र राजमार्ग क्षेत्रमा रहेको तीन वटा गाउँपालिका गरी ३१ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखिएको हो ।

प्रहरीले पहिलो चरणमा २८ वटा स्थानीय तहमा राख्ने कार्यक्रम तय भएपछि धादिङको राजमार्ग क्षेत्रका तीन स्थानीय तहहरुले पनि राखी ३१ स्थानीय तहहरुमा सुझाव संकलन पेटिका राखिएको गिरीले बताए । दोस्रो चरणमा ७० वटा गाउँपालिका र तेस्रो चरणमा प्रदेश भरीका आठ सय ७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने कार्यक्रम तय गरिएको छ ।

उजुरी पेटीकामा प्रहरी कार्यालय र प्रहरी कर्मचारीको काम कार्बाहीका सम्बन्धमा गुनासो, सुझाव उजुरी पेटीमा राख्न सक्नेछन् । अन्य क्षेत्रसँग सम्बन्धित रहेका गुनासो तथा सुझाबहरुलाई पनि सम्बन्धित निकायमा पठाइने बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिए । नागरिकहरुले पेटीका मार्फत प्रदान गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको १ गते संकलन गरी त्यस्ता गुनासो तथा सुझावको सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरेको छ ।

२०७७ असोज २ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ