Sat. Jul 5th, 2025

यस्तो देखियो धादिङ धुवाँकाेटको गोरु जुधाइ महोत्सव (फोटो फिचर)

१ माघ, धादिङ-

माघे सक्रान्तीको अवसरमा धादिङका विभिन्न ठाउँहरुमा महोत्सवकै रुपमा गोरु जुधाइएको छ । माघे संक्रान्ति भन्ने वित्तिकै देशका बिभिन्न ठाउँमा घ्यु चाकु, तरुल खाएर मनाईने प्रचलन रहेको छ । पछिल्ला वर्षहरुमा भने माघे सक्राती र गोरु जुधाइ एक अर्काकै पर्याय बन्न थालेको छ । धेरै अघि सम्म एकाध ठाउँहरुमा जुधाइने गोरु अहिले गावैँ पिच्छे जुधाइन थालेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटमा यस वर्ष महोत्सवकै रुपमा गोरु जुधाउने मेला आयोजना गरिएको छ । धुँवाकोटमा भएको गोरु जुधाइ महोत्सवमा सहभागी हुनको लागि धादिङका विभिन्न गाउँका साथै छिमेकी जिल्ला नुवाकोट र गोरखाका जिल्लाका किसानहरुले पनि गोरु ल्याएका थिए । महोत्सवमा जुधाउन ल्याउने सवै गोरुहरुलाइ नगद पुरस्कारको ब्यवस्था गरिएको थियो ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबले धुवाँकोटको भंगेरीमा गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । विशेष गरि धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरि गोरू जुधाई कार्यक्रम आयोजना गरिँदै आइरहेको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘कृषि कर्मको लागि पालिएका गोरुलाई माघे संक्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ र नुवाकोट जिल्लाको यो सदियौं पुरानो परम्परा हो ।’ पछिल्ला वर्षहरुमा गोरु पाल्ने परम्परा विस्थापित हुँदै गइरहेकाले पनि किसानहरुमा थप उत्साह थप्नको लागि गोरु जुधाउने महोत्सव नै आयोजना गरिएको श्रेष्ठले बताए ।

धुवाकोटमा मात्रै १८ हल गोरु जुधाइएको थियो । गोरुहरुको शारिरीक बनावट र उमेर अनुसार तीन समुहमा विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो । पहिलो समूहमा ४ हल गोरु, दोस्रो समूहमा ७ हल र तेस्रो समूहमा ७ हल गोरु छुट्टाइएको थियो ।

पहिलो समूहको विजेतालाइ १२ हजार, उपविजेताले १० हजार नगद र प्रमाणपत्र, दोस्रो समूहको विजेतालाइ १० हजार र उपविजेतालाइ ८ हजार नगद र प्रमाणपत्र तथा तेस्रो समूहको विजेतालाइ ७ हजार र उपविजेतालाइ ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पहिले छिमेकीहरुले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरु जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइने गरेको छ । त्यस्तै धादिङको खाल्टे मैदी लगायतका ठाउँहरुमा पनि गोरु जुधाएर माघे सक्रान्ती पर्व मनाइएको छ ।

खाल्टेमा विगत सात वर्षदेखि चमेरो गुफा संरक्षण समाज, खाल्टेले प्रतियोगीताकै रुपमा गोरु जुधाउने कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

Photos : Manish Duwadi/pabilnews.com

About The Author

अन्य समाचारहरु: