भूकम्पपछिको पुननिर्माण : पुरातात्विक सम्पदा पुननिर्माण सुस्त

माघ १०, २०७७


नवराज छत्कुली / १० माघ, धादिङ–


२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, वौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पु¥यायो । भुकम्प गएको एकवर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुननिर्माण सुरु गरेको भएपनि पुननिर्माण हुन सकेको छैन ।

विशेष गरि उत्तरी धादिङमा तामाङ गुरुङ र घले जातिहरुको बाहुल्यता रहेका गाउँमा बौद्ध गुम्वाहरु रहेका थिए । भुकम्पले गुम्वाहरु तहस नहस बनाइदिएपछि गुुम्वामा बसेर लामा अध्ययन गर्नेहरु समस्यामा परेका भएपनि अहिलेसम्म कुनै बौद्ध विहारहरुको पुननिर्माण हुन सकेको छैन ।

भुकम्प गएको छ वर्ष वित्नै लाग्दा भुकम्पले क्षतविक्षत भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण भने छायाँमा परेको छ । भुकम्पले भत्किएका गुम्बाको पुनर्निर्माण नहुदाँ बौद्ध धर्मावलम्बीहरु मारमा परेको बताउँछन् । बौद्ध धर्मावलम्बीहरुको आफ्नै कला, संस्कृति, परम्परा हुन्छ । तर भवन अभावले रित पु¥याउन समेत समस्या भएको नीलकण्ठ नगरपालिका ९ धादिङमा अवस्थित क्ष्योलीङ गुम्बाका लामा गुरु धन बहादुर लामाले बताए ।

ऐतिहासिक तथा पुरातात्विक सम्पदा इतिहास बोक्ने धरोहर हो । जसरी हाम्रा पूर्खाले जोखाएर हामीलाई हस्तान्तरण गरे । त्यसैगरी हामीले भावी पुस्तालाई हस्तान्तरण गर्न सकेनौं भने धर्म नै लोप हुन सक्ने चिन्ता रहेको लामाले बताए । ‘हामीले नै जोगाउन सकेनौं भने भावी पुस्ताका लागि एकादेशको कथा नहोला भन्न सकिन्न’ उनले भने, ‘तर भुकम्पले थलिएका धादिङका गुम्बाहरु बनेका छैनन् ।’ पटक पटक गुम्बा पुनर्निर्माणका लागि सरोकारवाला निकायलाई झक्झकाउदा पनि वेवास्ता गरिएको उनले बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका अनुसार धादिङ जिल्लामा भुकम्पले भत्किएका ८५ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने छ । तर आर्थिक वर्ष २०७६/०७७ मा ६ वटा गुम्बाको मर्मतसंभार भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा गुम्बाको पुनर्निर्माणका लागि सम्झौता भएर काम अघि बढाइएको इन्जिनियर चन्द्रमणि शाहले बताए ।

निजि आवास पुनर्निर्माणले पूर्णता पाउने अन्तिम चरणमा पुगेको छ । तर पुरातात्विक सम्पदाको पुनर्निर्माणमा ढिलाइ भएकै हो । तैपनि बाँकी रहेको ७५ वटा गुम्बाको पुनर्निर्माण कहिले हुन्छ अहिले कुनै टुङ्गो नभएको शाहको भनाई छ ।

२०७७ माघ १० गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ