भूकम्प पीडितलाई कुहिएको चामल

असार ३, २०७२

rice_20150618012859

गोरखा –  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले लाप्राक गाविसमा वितरण गरेको चामल कुहिएको भेटिएको छ ।

स्थानीय श्रीबहादुर गुरुङले फेसबुकमार्फत वितरण गर्न लागिएको कुहिएको चामलको फोटो सार्वजनिक गरेका छन् । राहतस्वरुप लिएको चामल कुहिएको भेटिएपछि स्थानीयबासीले फिर्ता गरेका हुन् ।

वितरणका लागि बुधबार लगिएको दुई ट्याक्टर मध्ये १५ बोरा जति चामल कुहिएको स्थानीयबासीले टेलिफोनमा बताए । ‘बोरा खोलेर हेर्दा चामल कालो भएर डल्लाडल्ला परेको भेटियो’, स्थानीय मार्सिङ गुरुङले भने, ‘कुहिएको चामल फिर्ता गर्न भनेका छौं ।’ चामल कुहिएको भेटिन थालेपछि बोरा खोलेर हेरेर मात्रै वितरण गरिएको उनले बताए । सेभ द चिल्ड्ेरन र रेडक्रसको समन्वयमा विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल कुहिएको पाइएको हो ।

बारपाकमा खाद्य गोदाम स्थापना गरिएपनि सिधै गाउँमा लगेर वितरण गरिएको चामल कुहिएको भेटिएको हो । चामलमा बोरामा डब्लुएफपीकै लोगो र नाम लेखिएको छ । ‘आँखाले हेर्दा सग्लो देखिएको चामल चाँही वितरण गरिएको छ’, उनले भने । बिग्रेको चामल भेटिएपछि रेडक्रस र विश्व खाद्य कार्यक्रमले त्यसतर्फ प्रतिनिधि खटाएको स्रोतले जनाएको छ । एकै पटक ल्याएको चामल बिग्रेको भेटिएपछि स्थानीयबासी ति चामल खान त्रसित भएका छन् । कार्यक्रम अन्र्तगत गोरखाको देउराली स्थित मझुवामा गोदाम राखेर जिल्लाभर खाद्यान्न वितरण गरिएको छ । कान्तिपुरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ