लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा धादिङबेसीमा मैनबत्ती प्रज्वलन

मंसिर ८, २०७८


धादिङ : लैगिक हिंसा विरुद्धको १६ दिने अभियान विहिबार (नोभेम्बर २५) देखि सुरु हुँदैछ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।

दिवसको पूर्वासन्ध्यामा बुधबार बेलुका धादिङबेसीमा मैनबत्ती प्रज्वलन गरिएको छ । निलकन्ठ नगरपालिका, सहयात्री समाज नेपाल, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल, जिल्ला प्रहरी कार्यलय, डेक नेपाल, इन्सेक लगायतको आयोजनामा धादिङबेसीको पुछारबजारमा दिप प्रज्वलन गरिएको हो ।

घरबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ जिल्लाका स्थानीय सरकार, संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको संझनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ