रुबिभ्यालीको वस्तीहरुमै हिमपात, जनजीवन प्रभावित (फोटोसहित)

पुस १४, २०७८

शंकर श्रेष्ठ
धादिङ
–धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्यालीमा हिमपात भएको परेको छ। मंगलबार रातीदेखि वस्तीमै हिमपात सुरु भएको स्थानीयले बताएका छन्।

उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङका माथिल्लो भेगमा हिउँ परेको छ। ‘मंगलबारदेखि नै गाउँमा घाम देखिएको थिएन, डाडाँमा सबैतिर हिउँ परेको छ,’ तिप्लिङकी समाया तामाङले भनिन्, ‘आज त बस्तीसम्म नै हिउँ आइपुगेको छ ।’

एक्कासी बस्तीसम्म नै हिउँ परेपछि स्थानीयको जनजिवन प्रभावित बनेको छ। हिमपात भएपछि गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि विचल्ली भएको छ । स्थानीयहरुलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ । पानीका कारण करेसा बारीमा लगाएर सागपात नष्ट भएका छन् ।

केहि वर्ष यता बस्तीमा हिउँ नपरेको भएपनि यस पटक सुरुवातमै बस्तीमा हिउँ आइपुगेको स्थनीयहरुले बताएका छन् । असिना र पानी फेरी दोहोरियो भने र हिमपात बढ्यो भने चिसोका कारण कठ्याग्रिएर थप समस्या आउन सक्नेछ।

हिमपात सुरु भएको बस्तीहरुमा पुग्न सदरमुकाम धादिङबेसीबाट ३ तीन दिन पैदल हिड्नु पर्छ।

उत्तरी क्षेत्रको वर्षात र हिउँले सदरमुकाम आसपासमा पनि चिसो बढेको छ । मंगलबार दिनभर जस्तो घाम देखिएको थिएन ।
तस्बिरहरु: समाया तामाङ/अनिसा तामाङ (तिप्लिङ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ