बाँदर नियन्त्रणको माग राख्दै धादिङबेसीमा किसानको प्रदर्शन

जेष्ठ १२, २०८०

धादिङ– खेतबारीमा लगाएको अन्नपात र फलफुल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित बनेका छन् । वर्षभरी खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्सेनि नाश बनाउने क्रम झन बढ्न थालेको किसानहरुले बताएका छन् ।

बादरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानहरुले कृषि मन्त्रीको राजिनामा माग समेत गरेका छन् ।

विगत वर्षहरुदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आएपनि कुनैपनि सरकारले वेवास्था गरेको उनीहरुको भनाई छ । वर्सेनि खेतबारीमा लगाएको अन्न र फलफुल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित बनेका छन् । बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ । बादर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङबेसी आइपुगेकी टिका कुमारी श्रेष्ठ भन्छिन्–‘बारीमा जे लगाएपनि बाँदरबाट जोगाउन सकिदैन, बर्सेनि दुःख गर्‍यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।’

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । तर, निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाई छ । ‘दुःख ग¥यो, मल हाल्यो खेती गर्‍यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्सेनि बाँदरले सखाप बनाउँछ’, किसान देवीप्रसाद रिजाल भन्छन्–‘हाम्रो सरमस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।’


बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसानहरु सदरमुकाम धादिङबेशीमा रहेका सरकारी कार्यालयहरुको गेट गेटमै नारा लगाउदै हिडेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो