दुई वर्षभित्र ई-पासपोर्ट लागू गर्ने तयारी

भदौ १५, २०७२

e_passport
१५ भदौ, काठमाडौं – परराष्ट्र मन्त्रालयले आगामी दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी ई-पासपोर्ट जारी गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको छ।

सन् २०१७ भित्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरी अत्याधुनिक राहदानी जारी गर्नेसम्बन्धी कार्ययोजना परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गत शुक्रबार अनुमोदन गरेका हुन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को बाध्यकारी प्रावधानअनुसार नेपालले सन् २०११ देखि मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आएको  छ ।

‘परराष्ट्र मन्त्रीज्यूबाट यससम्बन्धी कार्ययोजना स्वीकृत भएर आएको छ। अहिले हामी अध्ययन तथा छलफलका क्रममा छौं’, परराष्ट्रअन्तर्गतको केन्द्रीय राहदानी विभागका उपसचिव शरदराज आरनले भने । एमआरपीभन्दा इलेक्ट्रोनिक राहदानी गुणस्तरीय, विश्वासिलो र सुरक्षित मानिन्छ।

एमआरपीमा भन्दा ई-पासपोर्टमा प्रयोग हुने ‘चिप्स’ र ‘सेक्युरिटी फिचर’ विश्वासिला हुन्छन् भने यस्तो पासपोर्ट नबिग्रने र नक्कली बनाउने सम्भावना हुँदैन।कार्ययोजनाअनुसार इलेक्ट्रोनिक राहदानी प्रचलनमा ल्याउन थप अध्ययनका लागि राहदानी विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन भइसकेको उपसचिव आरनले बताए। अन्नपूर्णबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ