महिला सहकारीका तीन जना उत्कृष्ट बचतकर्ता सम्मानित

अशोज ३०, २०७२

sahakari
३० असोज,  धादिङ – सहकारी संस्थामा रहि उत्कृष्ट बचत गरे बापत तीनजना सम्मानीत भएका छन् । सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानीत भएका हुन् । सम्मानीत हुनेहरुमा असल बचतकर्ता राममाया गुरुङ, कल्पना थापा र नन्दकुमारी श्रेष्ठ रहेका छन् । कार्यक्रममा संस्थाका पूर्वसंचालकहरु पार्वती खाँड राई, कृष्णकुमारी थापा, र तोरण कुमारी नेपाललाई समेत सम्मान गरिएको थियो । साधारण सभाकै अवसरमा प्रवेशिका परीक्षा २०७१ मा उत्कृष्ट अंक ल्याउने बाल सदस्यहरु मुना गुरुङ, रुपेश श्रेष्ठ, रोशन श्रेष्ठ र नजीर कोइरालालाई नगद १ हजार १ रुपैया सहित सम्मान गरिएको थियो ।

सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्योति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैक लि. का प्रबन्धक सञ्चालक केबी उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला सशक्तिकरण आर्थिक सामाजिक र राजैनैतिक उत्थान सहारा साकोसको अभियान भन्ने नारा लिएर वि.स. २०५६ सालमा स्थापना भएको संस्थामा ७ सय ३४ जना बाल बचतकर्ता सहित २१ सय ८४ जना सेयर सदस्यहरु रहेका छन् ।

संस्थाको हालसम्म ८० लाख ९४ हजार १ सय शेयर पूँजी र ५ करोड, ४६ लाख २४ हजार १ सय ८३ बचत गरी कुलपूँजी ७ करोड, ९० लाख ४ हजार ४ सय ९८ रहेको संस्थाको कोषाध्यक्ष इन्दिरा अर्यालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ