रोचक तथ्य : जहाँ छोरी जन्मिसकेपछि आफैं छोरा बन्दछन्

भदौ १३, २०७३

rochak

शायद तपाइँलाई यो कुरा सुन्दा आश्चर्य लाग्नेमात्र होइन पत्यार नै नलाग्न सक्छ । यो दुनियामा एउटा यस्ता गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसे आफ छोरा बन्दछन् ।

डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हेा जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका भएपछि छोरा बन्दछन् ।

यो कुनै चटकी कुरा होइन । छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका पुग्दा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् । महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरुप पनि बदलिएर पुरुषको जस्तै बन्दछ ।

यो कुनै चमत्कारका कारण भएको भने होइन, एउटा आनुवंशिक रोगका कारण यस्तो भएको हो ।

वास्तवमा शिशुहरुमा गर्भमै रहेको बेला यो रोग लागेको हुन्छ । आनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुँदैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । जसको असर बच्चाको लिंगमा पनि देखिन्छ । बच्चाको लिंग यति छोटो हुन्छ की उनीहरु जन्मिँदा बच्चा छोरा हो की छोरी हो पत्ता लगाउनै गाह्रो हुन्छ ।

तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको सरीरमा बल्ल सुसुप्त अवस्थामा रहेको यौनांग विकशित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ । यसरी १२ वर्षपछि मात्र बाउआमाले आफ्नो बच्चा खासमा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्दछन् । १२ वर्षसम्म छोरी भनेका बच्चाहरुलाई १२ वर्षपछि एकाएक छोरा भन्नुपर्ने हुन्छ कहिलेकाहीँ ।

छोरी सोँचेर सानोमा जामा लगाइदिएका बच्चाहरु ज्ब १२ वर्ष पुगेपछि छोरा भएको पत्तो लाग्छ तब लुगा देखि लिएर सबै खाले व्यवहारमा परिवर्तन आउन थाल्दछ ।

वास्तवमा यसरी पछि गएर वास्तविक लिंग पहिचान हुने वा १२ वर्षपछि छोरीबाट छोरा बन्ने बच्चाहरुको जिवनमै ठूलो परिवर्तन आउँदछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना

भारत अमेरिकी सामानमा भन्सार कर नलाउन इच्छुक छ : डोनाल्ड ट्रम्प

भारत-पाकिस्तानबीच आज वार्ता हुँदै

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध

पुटिनद्वारा युक्रेनलाई शान्ति वार्ताको प्रस्ताव

पाकिस्तानले बदला लिने घोषणा गरेसँगै भारतीय सेना हाई अलर्ट