पूर्वमन्त्री रामचन्द्र झाले म भारतीय नागरिक भन्ने झुटो आरोप

कार्तिक २७, २०६९

काठमाडौं, कात्तिक २७ पूर्वमन्त्री रामचन्द्र झाले आफूमाथि भारतीय नागरिक भन्ने झुटो आरोप लगाएको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।
धनुषा सिंगयाययी गाविसका देवचन्द्र यादवले झा भारतीय भएको भन्दै उनीविरुद्ध दर्ता गरेको रिटमा झाले अदालतलाई ुलिखित जवाफु दिँदै आफू नेपाली नागरिक नै भएको बताएका हुन्। यादवले झाको नागरिकता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
सुनुवाइमा भदौ २५ मा सर्वोच्चले उनको गृह जिल्ला जनकपुर प्रशासनबाट सक्कल फाइल झिकाउन र उनलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। उनले महान्यायाधिवक्ताको कार्यालयमार्फत् अदालतमा दिएको जवाफमा गृह मन्त्रालयले २०६५ सालमा अनुसन्धान गर्दा आफूलाई नेपाली नागरिक भएको पुष्टि गरेको बताएका छन्।
ु२०३३ सालको नागरिकता टोलीको रेकर्डअनुसार जि।ध।गा।वि।स।झिटकैया वडा नं।७ का पुलकित झाको छोरा भएको हैसियतले मैले नागरिकता लिएको व्यहोरा गृह मन्त्रालयको रेकर्डबाट पुष्टि हुन्छ,ु अदालतलाई आइतबार बुझाएको लिखित जवाफमा उल्लेख छ।
निवेदकले अदालतमा पेस गरेको भारतको विहारस्थित कमलापति करुवाको आवसीय प्रमाणपत्र नक्कली भएको भन्दै आफूविरुद्धका सबै आरोपलाई अदालतले खारेज गर्नुपर्ने माग गरेका छन्।
यसअघि पनि भारतीय नागरिक भन्दै गृहमन्त्रालयमा उजुरी परेपछि गृहले छानबिन गर्दा नेपाली नागरिक नै पुष्टि गरेको लिखित जवाफमा उनले भनेका छन्। भारतको मधुवनीमा आफ्नो मामाघर भएको र त्यहाँको सम्पत्ति आफैंले चलन गर्दै आएको उनले बताएका छन्। झाले आफूलाई एउटै किसीमको मुद्दामा पटकपटक मुद्दा चलाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै आफूमाथि पुन झुटो आरोप लगाउन नहुने माग गरेका छन्।
रिट निवेदक यादवले भारतको मधुवनी हर्खाली पञ्चायतमा घर भएको त्यहाको मतादाता नामावलीमा समेत उनको नाम भएकाले झा भारतीय नागरिक भएको दाबी गरेका थिए। उनको नागरिकता बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एकिकृत समाजवादीले धादिङका स्थानीय तह समक्ष बुझायो स्मरण पत्र

प्रधानमन्त्री ओली भन्छन्-‘समाजवाद घोषणा गर्ने समय भएको छैन’

राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुग्दासम्म नरोकिने : अध्यक्ष लिङ्देन

असफलताबाट पाठ सिक्ने वेला आएको छ : सुहाङ नेम्वाङ

कुलमानलाई हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई