भारत-चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरू गर्ने सहमति

माघ १५, २०८१

काठमाडौं । चीन र भारतबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीको चीन भ्रमणको क्रममा मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने लगायत ६ बुँदे सहमति भएको जानकारी दिएको हो ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।

त्यस्तै भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने सहमति भएको छ । नदीसँग सम्बन्धित जलविज्ञान तथ्यांक र अन्य सहयोग आदान–प्रदानका लागि छिट्टै विशेषज्ञस्तरीय बैठक बस्न पनि दुवै देशका अधिकारीहरु सहमत भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना

भारत अमेरिकी सामानमा भन्सार कर नलाउन इच्छुक छ : डोनाल्ड ट्रम्प

भारत-पाकिस्तानबीच आज वार्ता हुँदै

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध

पुटिनद्वारा युक्रेनलाई शान्ति वार्ताको प्रस्ताव

पाकिस्तानले बदला लिने घोषणा गरेसँगै भारतीय सेना हाई अलर्ट