Sat. May 18th, 2024

धादिङमा विप्लव माओवादीका १२ जना कार्यकर्ता पक्राउ

pakrau
२३ बैशाख,  धादिङ –

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले विप्लव माओवादी नेतृत्वको पार्टीका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

शुक्रबार राती धादिङको गजुरी गाउँपालिका ३  गुम्बा डाडाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुुख एसपी सरद खत्रीले जानकारी दिए । अहिले उनीहरु प्रहरी चौकी जोगिमाराको हिरासतमा रहेका छन् ।

चुनाव प्रचारप्रसार विथोल्दै हिडेको र स्थानीय तह चुनावका उम्मेद्वारलाई ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ । उनीहरुले जताभावी चन्दा सङकलन गरेको अर्धकट्टी समेत प्रहरीले भेट्टाएको छ।

२०७४ बैशाख २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: