Tue. Mar 19th, 2024

खसीको क्वारेन्टाइनमा बाख्रा ढुवानी : चेकजाँचको क्रममा मरेका बाख्रा समेत भेटियो

मनिष दुवाडी/१ असाेज, धादिङ –

देशका विभिन्न जिल्लाबाट पृथ्वी राजमार्ग हुदै मासुको लागि राजधानी भित्रिने पशुपन्क्षीहरुको क्वारेन्टाइनमा बदमासी हुने गरेको पाइएको छ । खसीको क्वारेन्टाइन पास गरेर बाख्रा लैजाने, राँगाको ठाउँमा भैसी तथा स–साना पाडापाडीहरु मासुको लागि राजधानी लैजाने गरेको, एउटा गाडीको क्वारेन्टाइन लिएर अर्कै गाडीमा ढुवानी गरिएको र कतिपय सवारी साधनमा मरेका बाख्रा समेत फेला परेको हो ।

काठमाण्डौ उपत्यका भित्रिने खसीबोका, राँगाभैसी, हाँसकुखुरा लगायत मासुको प्रयोजनको लागि लगिने पशुपन्छीहरु मरेको हुन्छन्, रोगी÷विरामी हुन्छन्, क्वारेन्टाइन चेकजाँच नभइकन राजधानी भित्रिन्छन् भन्ने जनगुनासोको आधारमा अनुगमन गरिएको थियो ।

बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको अग्रसरतामा पशु स्वास्थ विभागसंग समन्वय गरि पृथ्वीराजमार्ग अन्तरगत धादिङको धार्के बजारमा शनिवार राती ८ बजेदेखी १ बजेसम्म र आइतवार विहान ५ बजेदेखी १० बजेसम्म १९ वटा सवारीसाधनहरुमा चेकजाँच गरेको हो ।

अनुगमनको क्रममा झापाबाट काठमाण्डौ आउदै गरेको ना ५ ख ४९० नम्वरको यात्रुबाहक वसको डिकिमा कोचाकोच गरि ल्याएको २४ वटा बाख्रा मध्ये एउटा मरेको भेटिएको थियो । को १ च १७८१ नम्वरको बोलेरो जिपको नाममा १७ वटा बाख्राको मात्रै क्वारेन्टाइन जारी भएको भएपनि बसको डिकीमा २४ वटा बाख्रा ढुवानी भएको भेटिएको हो । बसमा भेटिएको मरेको बाख्रालाइ तत्काल गाड्न अनुगमन टोलीले निर्देशन दिएका थिए ।

कतिपय पशुपक्षींहरु क्वारेन्टाइन पास हुँदा भन्दा बेग्लै सवारीमा साधनमा फेला परेकाले क्वारेन्टाइनकै हस्ताक्षर किर्ते भएको हुनसक्ने शंका अनुगमन टोलीले गरेको छ ।

मासुको लागि पशुपन्क्षीहरु रातीको समयमा ढुवानी गरिन्छ भन्ने सुचनाको आधारमा राती र विहानको समयमा चेक जाँच गरिएको र त्यस्तो ठुलो सङख्यामा मरेको र विरामी भएका पुशपक्षींहरु भने फेला नपरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत खगेन्द्र राज जोशीले बताए ।

चेकजाँचको क्रममा क्वारेन्टाइनमै धेरै बदमासी देखिएको जोशीले बताए । क्वारेन्टाइन चेकजाँच गर्दा पशुचिकित्सकहरुले सामान्य औपचारिकता मात्रै पुरा गरेर फिल्डमा नपुगी मानविय स्वास्थ्यमै खेलवाड हुनेगरि अनुमानको भरमा क्वारेन्टाइन सिफारिस दिएर हदै लापरवाही गरेको भेटिएको छ । जोशीले भने, ‘कारवाही गर्ने अधिकार हामीलाइ छैन, जसले जुन निकायबाट सिफारिस गरेर, क्वारेन्टाइन पास गरेर पशुपन्छी ढुवानी भएको छ, त्यो सिफारिस सहितका सवै कागजपत्रहरु सम्वन्धित मन्त्रालय र विभागमा अनुसन्धान तथा कारवाहीको लागि लेखेर पठाउने छौँ ।’

मन्त्रालयमा आएको जनगुनासोको आधारमा नमुना चेकजाँचको रुपमा शनिवार र आइतवार अनुगमन गरिएको र यसलाइ अव अभियानकै रुपमा निरन्तर संचालन गरिने बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत जोशीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: