Fri. May 17th, 2024

धादिङमा वृद्धा बलात्कार प्रयास र बालिकामाथि यौन दुव्र्यवहार गर्नेहरु पक्राउ

rape-41
१४ पुस,  धादिङ –

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको गर्ने प्रयास गर्ने धादिङ जिल्लाको आगिन्चोक गाविस–२ का २३ वर्षीय च्यामे नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

 परिवारमा कोही नभएकी बृद्धालाई मंगलबार राती घरमा सुतेको स्थानमा रक्सी खाएर गएका ओरोपीले बलात्कार प्रयास गरेका थिए । बृद्धाको संवेदनशिल अंगमा समाउने तथा घाउ लाग्नेगरि  टोकेर र चिथोरेका कारण उनी गम्भीर घाइते भइन् ।

 स्थानीयहरुका अनुसार वृद्धाले छिमेकीको घरमा मागेर खाँदै आएकी थिइन् । वृद्ध महिला गम्भीर घाइते भएकोले सल्यानटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल धादिङबेसीमा उपचार गरिएको छ ।

 विहिबार आरोपी नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको  प्रहरीले जानकारी दिएको छ । उनी माथि भएको घटनाका विषयमा इलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको थियो ।

   त्यस्तै १२ वर्षिय बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा धादिङ थाक्रे–३ का मोहविन अलिलाई विहिबार प्रहरीले पक्राउ गरेको छ । पसलमा कपडा सिलाउन गएको बेला शरीरका संबेदनशिल अंगमा छुने र अश्लिल शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको बालिकाको अभिभावकले बताएका छन् ।
२०७३ पुस १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: