Sat. Jul 27th, 2024

सार्क शिखर सम्मेलनको प्रक्रिया सुरु, सोल्टीमा बैठक

काठमाडौं – काठमाडौंमा मंसिर १० गते देखि प्रारम्भ हुने अठारौं सार्क शिखर सम्मेलनको प्रक्रिया शनिबारदेखि सुरु भएको छ।

SAARC-COUNTRY-FLAGS_385649317

राजधानीको सोल्टी होटेलमा शनिबारदेखि सार्कस्तरीय बैठक सुरु भएको छ। शनिबार कार्यक्रम समितिको बैठक बसेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा बसेको कार्यक्रम समितिको बैठकले सार्क सचिवालयको संचालन, भइरहेका कार्यक्रमको समीक्षा, भावी कार्यक्रमको तर्जुमालगायतका विषयमा छलफल भएको छ।

सार्क मुलुकका एघारवटा विषयगत केन्द्र रहेकोमा काठमाडौंमा रहेको सार्कसूचना केन्द्रलगायत तीनवटा विषयगत केन्द्रलाई बन्द गर्ने र बाँकीलाई समायोजन गरी छरितो बनाउने निर्णय भएको छ। खारेज गर्न सिफारिस गरिएका केन्द्रमा सार्क सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क अभिलेख केन्द्र छन् । त्यस्तै गाभ्न सिफारिस गरिएका केन्द्रमा वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्र  छन् ।

कार्यक्रम समितिको बैठकमा सार्क मुलुकका परराष्ट्र मन्त्रालयका सहसचिवस्तरका अधिकारीको सहभागिता छ। भोली परराष्ट्र सचिवस्तरमा बैठक तथा छलफल हुनेछ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: