Sat. Jul 27th, 2024

ओपन स्पेस नेपालद्धारा जनता पुस्तकालयलाई पुस्तक प्रदान

६ मंसिर, धादिङ – धादिङको पूरानो पुस्तकालयको रुपमा परिचित जनता पुस्तकालयलाई दुई हजार पुस्तकहरु प्रदान गरेको छ ।

IMG_0750
काठमाडौँमा रहेको ओपन स्पेश नेपालबाट संकलन गरिएको पुस्तक आज एक कार्यक्रमको आयोजना गरी ओपन स्पेश नेपालका प्रोजेक्ट लिडर रोहित अग्रवालले पुस्तकालयका सभापती देवीप्रसाद अधिकारीलाई प्रदान गर्नुभएको हो ।
पाठक मञ्च स्थापना गर्नको लागि कार्यक्रमहरुको आयोजना गरी  किताबहरु संकलन गरिएको ओपन स्पेश नेपालका अध्यक्ष अपदुस मियाँले जानकारी दिनुभयो । विद्यालय तथा क्याम्पसका कोर्सहरु, साहित्य, विज्ञान तथा सुचना, सन्देशमूलक लगायतका पुस्तकहरु रहेको छ ।

वि.स. २०४८ सालमा स्थापना भएको धादिङ जिल्लाको पूरानो जनता पुस्तकालयमा हाल विज्ञान, साहित्य, स्कुल तथा क्याम्पसका पाठ्यापुस्तक, मनोरञ्जन लगायतका पुस्तकहरु रहेका छन् । पुस्तकालयमा नियमित अध्ययन गर्ने थलो बनाउन पहल भइरहेको संस्थाले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: