Fri. Mar 29th, 2024

सार्कका गतिविधि सुस्‍त

काठमाडौं – सार्कको स्थायी समितिको बैठक ले सार्क गतिविधि अपेक्षाकृत् सुस्त भएको स्वीकार गरेको छ। आइतबार सुरु भएको बैठकमा सहभागी देशका प्रतिनिधिले सार्कलाई गति दिन सचिवालयको सबलीकरण अत्यावश्यक भएको धारणा राखेको जानकारी परराष्ट्र मन्त्रालय स्थित स्रोतले दियो।

saacr3_329662667

बिहान सोल्टी होटेलमा सुरु भएको बैठकमा माल्दि सका विदेशसचिव अलि नासिर मोहम्म्दले परराष्टसचिव शंकरदास बैरागीलाई अध्यक्षता हस्तान्तरण गरेका थिए।

अध्यक्षता ग्रहणपछि सचिव बैरागीले भने, केही क्षेत्रमा प्रगति देखिए पनि क्षेत्रीय विकासका अवधारणा संस्थागत ढंगले अघि बढाउने काम अपेक्षाकृत् सुस्त छन्।ु स्थापनाकादेखि नै सार्कको मूल एजेन्डा रहेको गरिबी निवारण अहिले पनि मुख्य लक्ष्यमै पर्ने उनले बताए। यसमा कनेक्टिभिटीले गेम चेन्जरु को काम गर्न सक्छु, बैरागीले ऊर्जा, स्वास्थ्य, गरिबी निवारण, सूचना प्रविधिका क्षेत्रमा सार्क स्तरमा सञ्चालित कार्यक्रम प्रगति उन्मुख रहेको बताए।

सोमबार पनि चल्ने यो बैठकमा विगतको समीक्षापछि आगामी कार्यक्रमका लागि एजेन्डा तय गरी तिनलाई मंगलबार हुने परराष्ट्र मन्त्रीस्तरीय बैठकमा प्रस्तुत गरिनेछ। बैठकका लागि सोमबार सार्क मुलुकका सबै परराष्ट्रमन्त्री काठमाडौं आइपुग्ने कार्यक्रम छ। यसपटक छलफलमा नेपाल र भारतको भूमि हुँदै बंगलादेश जोड्ने रेलमार्ग, सार्क युवा बडापत्र, सडक र ऊर्जासम्म्बन्धी सम्झौता छन्।

बैठकमा नेपाली पक्षको नेतृत्व सचिव बैरागीले गरेका छन् भने अफगान टोलीको नेतृत्व त्यहाँको क्षेत्रीय सहयोगका निर्देशक सेद्धिक रसुली, बंगलादेश टोलीको नेतृत्व विदेशसचिव सइदउल हक तथा भुटानी टोलीको नेतृत्व विदेशसचिव यसे दोर्जीले गरेका छन्।

यसैगरी भारतीय पक्षको नेतृत्व विदेशसचिव सुजाथा सिंह, मालदिभ्स टोलीको नेतृत्व सचिव नासिर, पाकिस्तानी टोलीको नेतृत्व त्यहाँका विदेशसचिव अइजाज अहमद चौधरी तथा श्रीलंकाली टोलीको नेतृत्व विदेशसचिव सेनुका मसेनविरत्नेले गरिरहेका छन्।
(अन्नपूर्ण अनलाइनकाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: