Sat. Jul 27th, 2024

रोक्का गर्र्नु पर्ने जग्गा विक्रीमा

धादिङ- जिल्ला अदालत धादिङको आदेश बमोजिम जग्गा रोक्का गर्र्नु पर्नेमा जिल्ला मालपोत कार्यालयको लापार्वाहीले गर्दा सोही जग्गा विक्रि भएको छ ।

नीलकण्ठ नगरपालिका वडा न.- ३ स्थित साविकको साङकोष गाविस वडा न- ३ घ १०८० न- को ०–१–३–० क्षेत्रफलको जग्गा लापरबाहीले विक्रि भएको हो । अदालतमा मुद्दा परेकोले ०७० पुस ७ गते जिल्ला मालपोत कार्यालयलाई रोक्काको लागि पत्र लेखेको थियो ।

अदालतले रोक्का गरेको जानकारी हुँदा हुँदै मालपोत कार्यालयले ०७१ कात्तिक ३० गते सोही कित्ता नम्बर १०८० को जग्गा र सो जग्गामा बनेको घर विक्रि गरेको हो । अदालतको पत्र पाएपछि मालपोत कार्यालयले जिल्ला अदालतमा पत्र लेखि सो जग्गा भैरबी बचत तथा ऋण सहकारी संस्थाबाट जग्गा रोक्का भएकोले दोहोरो रोक्का राख्न नमिल्ने भनि पत्र पठाएको थियो ।

सोही मुद्दाको सिलसिलामा जिल्ला अदालतले लेखेको पत्रलाई मालपोत कार्यालयले वेवास्ता गरि जग्गा विक्रि गराएको हो । जिल्ला अदालतमा प्रतिमा लम्सालले सासुरा तुलसी प्रसाद लम्साल विरुद्द अंश, मानाचामल, सहित श्रीमान कृष्णप्रसादसंग सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको थियो । मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा विक्रि भएको भन्दै पीडित पक्षले आरोप लगाएका छन् ।

यस सम्बन्धमा जिल्ला मालपोत कार्यालयका प्रमुख रेवती प्रसाद ढकालले अदालतले दोश्रो पत्र लेखेर पुनः जग्गा रोक्का गर्न मालपोतमा पत्र लेख्नु पर्नेमा पत्र नपठाएकोले जग्गा विक्रि भएको बताउँदै एउटै जग्गा दोहोरो रोक्का राख्न नमिल्ने बताउनुभयो ।

पीडित प्रतिमा लम्सालले ससुरा तुलसीप्रसाद लम्साल र जग्गा लिने धनबहादुर भण्डारीले जालसाची गरेर जग्गा खरिद विक्रि गरेको भन्दै लिखत बदर गरि जग्गाको दाखिला खारेज गर्न बुधबार जिल्ला अदालतमा फिराद पत्र दर्ता गराउनुभएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: