Sat. Jul 27th, 2024

बलले लागेर घाइते अष्ट्रेलियन क्रिकेटर ह्यूग्सको निधन

काठमाडौं – टाउकोमा बलले लागेर गम्भीर घाइते भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूग्सको बिहीबार निधन भएको छ ।

 

philip_Hughes_286956530

मंगलबार सिड्नीमा सेफिल्ड सिल्डको एक खेलमा साउथ अष्ट्रेलियाको तर्फबाट न्यू साउथवेल्स विरुद्द ब्याटिङ गर्ने क्रममा बाउन्स भर्इ आएको बलले टाउकोमा लागेर ह्यूग्स मैदानमै ढलेका थिए ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका २७ वर्षीय ह्यूग्सको निधन भएको अष्ट्रेलियन क्रिकेट टिमका डाक्टर पिटर ब्रुनकरले जानकारी दिए । ‘मलार्इ साह्रै दुखस् लागेको छ । केहीबेर अघि फिलिप ह्यूग्सको निधन भएको छ’, उनले एक विज्ञप्ती निकालेर भनेका छन् ।

ब्रुनकरका अनुसार सिड्नी अस्पतालमा ल्याएपछि चिकित्सको निरन्तर प्रयासका बाबजुत ह्यूग्लार्इ होसमा ल्याउन सकिएन । सेफिल्ड शिल्डको खेलका क्रममा साउथ अष्ट्रेलियाबाट खेलिरहेका ह्यूग्सको हेलमेटसहितको टाउकोमा न्यू साउथ वेल्सका बलर सन एबर्टले फ्यालेको बल जोरले लागेको थियो । चोट लागेपछि उनी घुँडा पक्डेर जमीनमा बसेका थिए ।
घटनापछि उनलार्इ तत्कालै अस्पताल भर्ना गरेर सिड्नीस्थित अस्पतालमा सर्जरी गरिएको थियो । बेहोस भएका ह्यूग्सलार्इ अस्पताल लानुअघि मुखबाट श्वास दिने प्रयास पनि गरिएको थियो ।

ह्यूग्सले अर्का अष्ट्रेलियन खेलाडी एस्टन एगरसँगको साझेदारीमा सन् २०१३ मा इङ्ल्याण्डविरुद्द १० विकेटका लागि १६३ रनको साझेदारी गरी रेकर्ड बनाएका थिए । उनले अघिल्लो महिना संयुक्त अरब एमिरेट्समा पाकिस्तान विरुद्द एक दिवसीय म्याच पनि खेलेका थिए ।

उनलार्इ चार डिसेम्बरबाट शुरु हुने भारत-अष्ट्रेलिय टेस्ट म्याचका लागि राष्ट्रिय टिममा समावेश गर्ने सम्भावना थियो । उनको निधनपछि सिड्नी क्रिकेट मैदानमा भइरहेको द शेफिल्ड शिल्ड श्रृंखलाको उनले खेलेको म्याच रद्द गरिएको छ ।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: