Sat. Jul 27th, 2024

चोरी अभियोगमा फरार पक्राउ

११ मंसिर, धादिङ- चोरी अभियोगमा फरार रहेका धादिङ गोगनपानी गाँउ विकास समिति वडा नम्बर २ का रामशरण वाग्ले पक्राउ परेका छन् ।

२०७१ मंसिर ९ गते निजलाई आफ्नै घरबाट पक्राउ गरको हो । धादिङ जिल्ला अदालतले २०७० साल माघ २० गते वाग्लेलाई नकवजनी चोरी मुद्धामा २ वर्ष २३ दिन कैद र  ३ लाख ७७ हजार २ सय १० रुपैया जरिवाना हुने गरी मुद्दा फैसला गरेको भएपनि हालसम्म उनी फरार रहेका थिए ।

पक्राउ लगत्तै वाग्लेलाई सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ल कारागार धादिङमा थुनामा राख्न पठाईएकोे जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: